नुवाकोटमा सार्वजनिक यातायात बन्द, यात्रुहरूलाई सास्ती

विदुर खबर २०८२ जेठ २० गते ९:५९

नुवाकोट । विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले आजदेखि नुवाकोटमा सार्वजनिक यातायात बन्द गरेका छन् ।

Advertisement

बन्दको प्रभाव बिहानैदेखि देखिएको छ । नुवाकोटका अधिकांश सडकमा सार्वजनिक सवारीसाधन नचल्दा जनजीवन प्रभावित भएको छ । एकाध स्थानमा केही गाडी चले पनि अधिकांश ठाउँमा सार्वजनिक यातायात ठप्पप्रायः छ ।

सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई निकै सास्ती भएको छ । कलेज पढ्ने विद्यार्थी, बिहानै काममा निस्कने कर्मचारीहरूे समयसम्म गाडी कुरेर बस्न बाध्य भएका छन् । कतिपय मानिसहरू हिँडेरै आफ्नो गन्तव्यतर्फ लागिरहेका दृश्यहरू सडकमा देखिएको छ ।

Advertisement

यातायात क्षेत्र सुधारका लागी ७ सुत्रिय माग राखी आफुहरु आन्दोलनमा उत्रिएको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । उनले नेपाल यातायात व्यवशायी राष्ट्रिय महासंघ सहित सबै यातायात महासंघ, मजदुर संगठनहरु सम्मिलित सार्वजनिक यातायात वचाउ केन्द्रीय सघर्ष समिति यहि जेठ १९ गतेबाट विरोध स्वरुप सम्पुर्ण यातायात सेवा अनिश्चीतकालीन बन्द गर्ने निर्देशन प्राप्त भएको हुँदा व्यवशायीक एक्यबद्धता जनाउदै आफुहरुले जिल्लामा चल्ने सबै किसिमको यातायात बन्द गर्ने निर्णय गरेको बताए ।

यातायात व्यवसायीहरूले सरकारसमक्ष भाडादर समायोजन, ट्राफिक जरिवाना प्रणालीको समीक्षा, व्यवसायमैत्री नीतिगत सुधारलगायतका माग अघि सारेका छन् ।

Advertisement

प्रतिक्रिया