विदुरमा गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण

विदुर खबर २०८२ जेठ १७ गते १२:३९

नुवाकोट । गणतन्त्र दिवसको अवसर पारेर विदुर नगरपालिका वडा नम्बर २ मा वृक्षारोपण गरिएको छ ।

Advertisement

डिभिजन वन कार्यालय नुवाकोटको आयोजनमा विदुर–२ विदुरमा रहेको ओपन जिम खानामा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख रोशना पोखरेल, विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ सशस्त्र प्रहरी र स्थानियहरुको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा धुपी, असोका, रुद्राक्ष लगायतका विरुवाहरु रोपिएको थियो ।

प्रतिक्रिया