बट्टारमा कौशी खेती तालिम सम्पन्न

नुवाकोट । कौशी खेती प्रवद्र्धनका लागि नुवाकोटको बट्टार बजारका महिलाहरुलाई कौशी खेती तालिम दिइएको छ ।

विदुर नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको तालिममा घरको छत प्रयोग गरी ताजा तथा स्वस्थकर तरकारी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
तीव्र शहरीकरणका कारण कृषियोग्य जमिन मासिँदै गएको अवस्थामा आफ्नो घरमा उत्पादन गरिएका ताजा तरकारी आफैँले उपभोग गर्न स्थानीयलाई प्रोत्साहनस्वरूप कौशी खेती र करेसाबारी सम्बन्धी तालिमको व्यवस्था गरिएकोे विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थले जानकारी दिए ।

उनले ‘यो कार्यक्रम खेतीपाती गर्ने जग्गा जमिन नभएकाहरूका लागि भएको बताए । आफ्नै छतमा विषादीरहित स्वस्थकर तरकारी फलाउने र तरकारीमा हुने खर्च न्यूनीकरण गर्ने नै हो । यसले मानिसलाई स्वस्थसँगै आत्मनिर्भर बनाउन पनि सहयोग पुग्ने वडाध्यक्ष कायस्थले बताए ।

तालिममा वडा नम्बर २ मा रहेको राधाकृष्ण महिला समुहका झण्डै ४४ जना स्थानियहरु सहभागि भएका थिए ।
तालिममा सहभागीहरूलाई तालिमपश्चात् कौसी खेतीका लागि आवश्यक सरसामान पनि वितरण गरिएको विदुर नगरपालिकाको महिलाल शाखाले जानकारी दिएको छ ।
पछिल्लो समय घरकै कौसीमा खेति गर्नका लागि किशानहरुलाई आर्कषित गर्ने उद्येश्यले तालिमको आयोजना गरिएको प्रशिक्षक विदुर नगरपालिका कृषि शाखाका मदन न्यौपानेले जानकारी दिए । उनले तरकारीको मुल्य बजारमा आकाशिदै गएकाले आफ्नै घरको छतमा तथा गमला पनि तरकारी उत्पादन गर्न सकीने बताए ।
यस्तै तालिममा सहभागि भएका प्रमिला प्याकुरेलले नगरपालिकाले दिएको तालिमले थोरै भए पनि आर्थिक भार कम हुने, स्वच्छ तरकारी घरमै उत्पादन हुने बताइन् । उनले भान्सामा निस्कने कुहिने फोहोरको उचित ब्यबस्थापन हुने भएकोले पनि आफु कौसी खेती तालिमतर्फ आर्कर्षित भएको बताइन् ।
यस्तै तालिममा सहभागी भएकी प्रकृति भण्डारीले खानको लागि तरकारी बजारबाट ल्याइने भएपनि धेरै विषदी हुने भएकोले कौसी खेती राम्रो हुने बताइो । उनले तालिमपश्चात आफुले कौसी खेती कसरी गर्ने र झोल मल कसरी बनाउने भन्ने सिकेको बताइन् ।
तालिममा प्रशिक्षकहरु मदनराज न्यौपाने, सविता घिमिरे र यसोधा रिजाल लगायतले सहजीकरण गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया