लिखुका खड्काले गरे फेरि सगरमाथाको आरोहण
नुवाकोट । नुवाकोटको वोहरा पानीका युवा अरविन्द्र खड्काले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रो पटक आरोहण गरेका छन् ।

लिखु गाउँपालिका वडा नम्बर १ का बोहरा पानीका खड्काले यस सिजनमा दोस्रो पटक सगरमाथाको चुचुरोमा पाइला राखेका हुन् ।
भैरवी माविका पूर्व विद्यार्थी अरविन्द (अरि) खड्काले सर्वोच्च शिखर सगरमाथाको दोस्रो पटक साफतापूर्वक आरोहण गरेको विद्यालयले जनाएको छ । सो विद्यालयबाट २०६३ सालमा एसएलसी उत्तीर्ण खड्काले दोस्रो पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।
१७ जना आरोही सम्मिलित सेभेन समिट ट्रेक्सको टोलीमा रहेका खड्काले यसअघि २०७९ साल (सन् २०२२) मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । उनी नुवाकोट जिल्लाबाट दुई पटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति भएका छन् ।
खड्का हिमनदी तथा जलवायु परिवर्तनको अनुसन्धानमा सक्रिय रहेका छन् । उनले यही विषयमा फ्रान्सको फेन्च नेशनल इन्स्टिच्युटबाट विद्यावारिधिसमेत गरेका छन् ।
खड्काले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट जलवायु विज्ञानमा स्नातकोत्तर र त्रिचन्द्र कलेज काठमाडौँबाट स्नातक पूरा गरेका थिए ।
उनी एसएलसी परीक्षामा पहिलो श्रेणीमा उत्तीर्ण गर्दै विज्ञान सङ्कायमा कक्षा १२ को अध्ययन पुरा गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया