नुवाकोटको शिवपुरीमा ईभी र्दुघटना हुँदा ९ जना घाइते

विदुर खबर २०८२ जेठ १२ गते २०:०७

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ गुरुङ गाउँमा ईभी माइक्रो र्दुघटना हुँदा ९ जना घाइते भएका छन् ।

Advertisement

टोखा–छहरे सडकखण्ड अन्र्तगत सडकमा आईतवार दिउँसो ३ बजेतिर ईभी माइक्रो र्दुघटनामा परेको हो । नुवाकोटको विदुरबाट काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०८५४ नम्बरको नमस्ते पासाङल्हामु यातायातको ईभी र्दुघटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

ईभी तिव्र गतिको कारण र्दुघटनामा परेको प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको ईभी अनियन्त्रित भई सडकबाट झण्डै १० मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट गुर्जेभन्ज्याङले जानकारी दिएको छ । र्दुघटनामा परि ९ जना घाईते भएका छन् ।
र्दुघटनामा नुवाकोट र काठमाण्डौका समान ४÷४ जना घाइते भएका छन् भने रसुवाका एक जना रहेका छन् । घाइते हुनेहरुमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका मैना राई, विदुर ५ माझिटारका विपना अर्याल, शिवपुरीको तलादुका श्रीजना लामा र रसमान तामाङ रहेका छन् ।

Advertisement

यस्तै घाइतेहरुमा काठमाण्डौ महाराजगञ्जकी लक्ष्मि खड्का, गोंगबुकी श्रीजना लामा, कलंकीका सरस्वती राई र श्याम दगौरा रहेका छन् । यस्तै अन्य घाइते हुनेमा रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ का महेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।

र्दुघटना हुने वित्तिकै प्रहरीले स्थानियहरुले घाइतेहरुलाई उद्धार गरि अस्पताल लगेका थिए । उनीहरुको अहिले काठमाण्डौका ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको बताइएको छ ।

Advertisement

र्दुघटना लगत्तै प्रहरीले चालक रवि वस्नेताई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया