हिस्टुन नुवाकोटको अध्यक्षमा नेपाल
नुवाकोट । माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन नुवाकोटको अध्यक्षमा श्रीराम नेपाल चयन भएका छन् ।

शनिवार नुवाकोटको विदुरमा सम्पन्न भएको जिल्ला भेलाले नेपालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो ।
साविक उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा कार्यरत शिक्षकहरूको पेशागत संगठन हिस्टुन नुवाकोटको जिल्ला भेलाबाट उपाध्यक्षमा ईन्दिरा गड्तौला र खमलाल रिमाल चयन भएका छन् । सचिवमा राजकुमार रिमाल चयन हुँदा सहसचिवमा निराजनमान अमात्य र चोपबहादुर थापा निर्वाचन भएको निर्वाचन समितिका संयोजक नारायण श्रेष्ठले जानकारी दिए ।
समितिको सदस्यहरुमा सागर लामा, अजय पौडेल, माधव प्रसाद गजुरेल, महेश्वरी लामिछाने र शंकर पासवान रहेका छन् ।
केन्द्रिय प्रतिनिधिमा नारायण श्रेष्ठ, मणि घिमिरे, भिमबहादुर मानन्धर, राकेश प्रसाल शाह र शिवराम ढकाल रहेका छन् ।
नवनिर्वाचित समितिलाई हिस्टुनका केन्द्रीय अध्यक्ष टिका प्रसाद न्यौपानेल पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै माध्यमिक तह कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरूको हकहित तथा व्यवस्थापनमा मन, वचन र कर्मले लाग्न निर्देशन दिए ।
उनले शिक्षा ऐन २०२८ को ८ औ संशोधनले दिएको सुविधाबाट शिक्षकहरु बन्चित रहेको बताए ।
न्यौपानेले केन्द्रीय माध्यमिक तहमा कार्यरत शिक्षकहरूको स्थायित्वका लागि केन्द्रीय तहबाटनै विभिन्न अन्तरक्रिया, संवाद गर्दै आन्दोलनका कार्यक्रमहरू तय गरिने जानकारी दिए ।
कार्यक्रममा हिस्टुनका केन्द्रिय महासचिव यज्ञ वहादुर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया