नुवाकोटको दुप्चेश्वरमा खोलामा डुबेर एक जनाको मृत्यु
विदुर खबर
२०८२ जेठ ९ गते १९:४९
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ का शुक्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आज विहान साढे ११ बजे नाईखोलाको काफ्लेदहमा डुबेर उनको मृत्यु भएको हो ।
घटनालगत्तै ईलाका प्रहरी कार्यालय खरानीटारबाट प्रहरी निरिक्षक जयन्ती थापाको कमाण्डमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरी पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल नुवाकोट त्रिशूलीमा ल्याइएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याmय नुवाकोटले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया