विदुर नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ।

बिहिबार विदुरमा आयोजित एक कार्यक्रमबीच उपमेयर प्रभा बोगटीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा प्रमाणीकरणको घोषणा गरेकी हुन्। १३ वडा रहेको विदुर नपाको सबै वडा पूर्ण खोप सुनिश्चित भएको छ।
विदुर नगरभित्रका १६ देखि २३ महिना भित्रका सबै चार सय ७३ जना बालबालिकाले सम्पूर्ण खोपको मात्रा लगाएको कारण राष्ट्रिय खोप तालिका अनुसार ती बालबालिकाहरूले पाउने सम्पूर्ण खोपहरू लगाएको र पूर्ण खोप सुनिश्चित भएको उपमेयर बोगटीले बताइन्।
यस्तै विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितले नगरपालिकाले सरकारको निति अनुसार नयाँ खोप सुरु गर्ने तयार गरेको बताए । उनले नगरको सबै वडाहरु पुर्ण खोप सुनिश्चत हुनुमा सबै स्वास्थ्यकर्मीहरुको हात रहेको बताए ।
हाल कोही बालबालिका खोप लगाउनबाट वञ्चित नभएको घरधुरी सर्वेक्षण तथा अनुगमनमा भेटिएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया