रसुवागढी नाकाबाट साढे सात केजी सुन बरामद

नुवाकोट । रसुवागढी नाकाबाट साढे सात केजी सुन बरामद प्रहरीले गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख हेम वहादुर शाहीका अनुसार गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसिका किशोर भुजेलले चलाएको बा ४ ख नम्बरको कन्टेनरमा स्याउ वाेकेर काठमाडौ जाँदै गर्दा शंखा लागेर प्रहरीले चेकजाँच गर्दा अन्दाजी साढे सात केजी सुन जस्तो देखिने पहेँलो घातु वरामत गरेकाे हो।
जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले आइतबार केरुङ नाकाबाट स्याउ लिएर आउँदै गरेको कन्टेनरमा फल्स बटम बनाएर ल्याएको अवस्थामा सुन बरामद गरेको हो ।
‘ड्राइभर बस्ने ठाउँमा माथि पट्टी फल्स बटम बनाएर सुन ल्याएको खुलेको छ’, स्रोतले भन्यो, ‘सुराकीका आधारमा जाँच गर्दा सुन भेटिएको हो ।’
रसुवा प्रहरीले ना ४ ख ६२०१ नम्बरको ट्रक पनि बरामद गरेको छ । सुनका विस्कुटहरुलाई थप जाँच गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया