अभिनेत्री मनिषा कोइराला नुवाकोटमा

विदुर खबर २०८२ जेठ ५ गते ७:००

नुवाकोट । अभिनेत्री मनिषा कोइराला नुवाकोट आएकी छिन् ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर २ नुवाकोटमा रहेको फार्म हाउस र स्वयम्भु महाचैत्य भ्रमणको लागि उनी नुवाकोट आइपुगेकी हुन् ।

कोइराला स्वयम्भु महाचैत्य र नुवाकोट दरबार क्षेत्रमा पैदल यात्रामै निस्किएर घुमेकी थिइन् ।

Advertisement

उनलाई नुवाकोटमा अभियन्ता गौतममानसिंह डंगोल र नुवाकोट स्थानियबासीहरूले स्वागत गरेका थिए ।

उनले नुवाकोट धार्मिक, ऐतिहासिक तथा पुरातात्विक क्षेत्र रहेको भन्दै नुवाकोट दरवार वास्तुकलाको चमत्कार भएको ठाउँ रहेको बताएकी छिन् ।

Advertisement

उनले नुवाकोटको फेमस फार्म हाउस बस्दा मनलाई आनन्दित गरेको सामाजिक संजाल फेसबुकमा उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया