नुवाकोटमा डढेलोबाट ८६ हजार हेक्टर वनमा क्षति

नुवाकोट । नुवाकोटका सामुदायिक वनमा बर्सेनि हुने डढेलोका कारण थुप्रै वनजंगल तथा बोटबिरुवा विनाश भइरहेको छ ।

मानवीय लापरबाहीका कारण हुने डढेलोबाट मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधतामा समेत क्षति हुने गरेको छ । चालू आवको माघदेखि चैतसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा डढेलोका कारण करिब १० हजार हेक्टर वनमा क्षति पुगेको प्रदेश वन निर्देशनालयका सूचना अधिकारी टेकनारायण श्रेष्ठले जानकारी दिए ।
यस्तै यस वर्ष नुवाकोटमा २५ पटक डढेलो लाग्दा ८६ हेक्टर क्षेत्रफलमा नोक्सानी भएको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख रोसना पोखरेलले जानकारी दिइन् । जिल्लाको १२ पालिकामध्ये ककनीमा दुई, तादीमा तीन, तारकेश्वरमा तीन, पञ्चकन्यामा दुई, बेलकोटगढी नगरपालिकामा दुई, लिखुमा दुई,विदुर नगरपालिकामा सात र सूर्यगढी गाउँपालिकामा चारपटक डढेलो लागेको छ ।
डढेलोबाट ककनीमा चार, तादीमा १३, तारकेश्वरमा तीन, पञ्चकन्यामा तीन, बेलकोटगढीमा पाँच, विदुरमा ३५, सूर्यगढीमा १९ हेक्टर क्षेत्रफलमा क्षति पुगेको समेत कार्यालयले जानकारी दिएको छ । डढेलो नियन्त्रणका लागि पालिकास्तरीय समिति बनाएका छौँ, सुरक्षा निकायसँग पनि निरन्तर समन्वय भइरहेको छ,’ प्रमुख पोखरेलले भनिन्, डढेलो लागेलगत्तै हामी ती समूहसँगै नियन्त्रणमा जुटिहाल्छौँ, त्यसमा सुरक्षाकर्मीको पनि साथ पाइरहेका छौँ ।’
बर्सेनि हुने डढेलो नियन्त्रण गर्न नुवाकोटमा सचेतनामूलक कार्यक्रमसँगै ह्यान्डपम्पसहिका उपकरण वितरण गरिएको प्रमुख पोखरेलले बताइन् । वनजंगलमा हुने डढेलोको मुख्य कारण मानवीय लापरबाही हो । मानवका कारण वन क्षेत्रमा बर्सेनि डढेलो लाग्ने गरे पनि दोषी कानुनी दायरामा नआउँदा घटनामा कमी आउन नसकेको उनको भनाइ रहेको छ ।
वनसम्बन्धी ऐनमा डढेलो लगाउने व्यक्तिलाई ६० हजार जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहिआएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया