विदुर नगरपालिकाले निजि विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै

विदुर खबर २०८२ जेठ २ गते २१:२४

नुवाकोट । संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै विदुर नगरपालिकाले छात्रवृत्ति वितरण गर्ने भएको छ ।

Advertisement

एक सुचना प्रकाशित गर्दे नगरपालिका भित्र रहेका संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि आवेदन खुला गरेको छ ।

बुधवार नगरपालिकाले एक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८२ का लागि छात्रवृत्ति आवेदन खुला गरेको हो । यसअन्तर्गत आगामी जेठ ९ गतेसम्म विद्यालयमा र विदुर नगरपालिकाको कार्यालय मार्फत इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने मेयर राजन श्रेष्ठले बताए ।

Advertisement

मेयर श्रेष्ठले नगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि, २०८१ को प्रावधान बमोजिम नगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरुमा शैक्षिक सत्र २०८२ मा भर्ना भएका छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरुले आवेदन पेस गर्न सक्ने बताए ।

छात्रवृत्तिको लागि जेहेन्दार विपन्न, जनजाती, दलित, फरक क्षमता भएका व्यक्ति र मुस्लिम गरेर कोटा निर्धारण गरिएको छ ।

Advertisement

नगरपालिकाले जारी गरेको सुचना अनुसार विद्यालयमा रहेका कुल विद्यार्थी संख्याको आधारमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ ।

नगरपालिकाले १० दिनको लागि म्याद दिएर आवेदन मागेको छ । विगतका वर्षहरुमा विद्यालयहरुले आफुखुशी छात्रवृत्ति उपलब्ध गराउँदै आएपनि नगरपालिकाले यो वर्षदेखि कार्यविधि बनाएर छात्रवृत्ति वितरण गर्न लागेको हो ।

प्रतिक्रिया