शिवपुरी गाउँपालिकामा आज शोक बिदा

विदुर खबर २०८२ जेठ १ गते ८:५२

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाले आज शोक विदा दिएको छ ।

Advertisement

वडा नम्बर १ तलाखुस्थित बच्छ्ला आधारभूत विद्यालयका प्रधानाध्यापक विवेकराज ढुंगानाको असामयिक निधनप्रति शोक प्रकट गर्दै गाउँपालिकाले आज बैशाख ३१ गते शैक्षिक बिदा दिएको छ ।

२०८१ सालदेखि प्रधानाध्यापकको रूपमा कार्यरत ढुंगानाको २०८२ साल बैशाख २६ गते असामयिक निधन भएको थियो । शिक्षाक्षेत्रमा युवाको सक्रिय योगदान पुर्याउदै आएका ढुंगानाको निधनले सम्पूर्ण शिक्षामैत्री समाजलाई स्तब्ध तुल्याएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालद्वारा हस्ताक्षरित सूचनामा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै बुधबार सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द रहने जनाइएको छ ।

स्वर्गीय शिक्ष ढुंगानाको सम्झनामा विभिन्न विद्यालयहरुले श्रद्धाञ्जली सभा गर्ने जनाएको छ ।

Advertisement

प्रतिक्रिया