नुवाकोटको त्रिशुली नदिमा डुबेर दुई बालिका बेपत्ता

विदुर खबर २०८२ वैशाख ३० गते २१:४३
सांकेतिक तश्वीर ।

नुवाकोट । नुवाकोटको त्रिशुली नदिमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएकी छिन् ।

Advertisement

बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ की ११ वर्षिय जेनी ढुङ्गेल र सदिक्षा राई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मंगलवार साँझ ६ बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ कल्चौडेस्थित त्रिशुली नदीमा नुहाउने क्रममा खोलामा डुबेर उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।

Advertisement

नुहाउन गएका उनीहरु नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको खाजी कार्य अहिले भइरहेको छ । उनको खोजी कार्यको लागि प्रहरी र स्थानिय खटिएका छन् ।

Advertisement

प्रतिक्रिया