काभ्रेमा टिपर दुर्घटना हुँदा नुवाकोटका अधिकारीको मृत्यु

विदुर खबर २०८२ वैशाख २८ गते १२:४५

नुवाकोट । नुवाकोट । काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिपर दुर्घटना हुँदा नुवाकोटका एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा चालक नुवाकोटको सुर्यगढी गाउँपालिकाका ४७ वर्षिय लवकुश अधिकारी रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमा नै मृत्यु भएका हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा ४ ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा करिब १०० मिटर तल खस्दा चालक अधिकारीको मृत्यु भएको हो ।

Advertisement

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया