नुवाकोटको सुर्यगढी गाउँपालिकामा आज शोक विदा

विदुर खबर २०८२ वैशाख २८ गते ९:०९

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

Advertisement

सूर्यगढी गाउँपालिका वडा नं. २ का निवर्तमान वडा अध्यक्ष वासुदेव अधिकारी निधन भएकोले गाउँपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए ।

निर्वतमान वडाध्यक्ष अधिकारीको शनिवार २७ राति शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचारको क्रममा निधन भएको थियो ।

Advertisement

उनको अप्रत्याशित निधनप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

उनको निधनप्रति सम्मान गर्दै गाउँपालिकाले आज आईतवार विदा दिने निर्णय गरेको छ । पालिकाले विदा दिएसँगै गाउँपालिका मातहतका सम्पूर्ण वडा कार्यालयहरू तथा शैक्षिक संस्थाहरू बन्द हुनेछन् ।

Advertisement

प्रतिक्रिया