बट्टारमा व्यवसायिक च्याउ खेती तालिम सम्पन्न
नुवाकोट । महिलाहरुको सिपमुलक कार्यक्रम अन्र्तगत व्यवसायिक च्याउ खेती तालिम बिहिबार सम्पन्न भएको छ ।

विदुर नगरपालिका वडा नम्बर ४ को कार्यालय र बाराही सामुदायिक वन उपभोक्ता समुहको आयोजनमा भएको तालिममा विदुर नगरपालिका वडा नम्बर ४ का २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा सम्बोधन गर्दै विदुर नगरपालिकाकी उप–प्रमुख प्रभा बोगटीले नगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै तरकारी र पशुपालनसँग सम्बन्धित तालिम संचालन गरिरहेको बताइन् । उनले च्याउखेति गर्न सजिलो र सरल भएकोले यसलाई व्यवसायिक रूपमा लिएर आर्थिक आम्दानी बढाउन सकिने उल्लेख गरिन् । उनले तालिमपछि आत्मनिर्भर हुन सक्ने उल्लेख गरिन् ।

फरक प्रसंगमा उपमेयर बोगटीले बट्टार बजार क्षेत्रमा खेतीयोग्य जमिनको अभाव देखिएकोले कौसी खेती प्रभावकारी हुने भन्दै त्यसतर्फ आफुहरुको ध्यान केन्द्रित भइरहेको बताइन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य छवि ओझाले तालिम बाट सिकेका ज्ञानहरूलाइ आफ्नो ठाउमा प्रयोग गर्न र अन्य कृषकहरूलाइ पनि सिकाउन आग्रह गरे ।
यस्तै बाराही सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष भुवनलाल राजभण्डारीले बाराही वन उपभोक्ता समुहले आगामी दिनमा पनि जीवउपयोगी तालिमको आयोजना गर्ने बताए । उनले सानो ठाउँमा समेत च्याउ उत्पादन गर्न सकिने भएकोले च्याउ खेती प्रभावकारी हुने बताए ।
पछिल्लो समय नुवाकोटमा पछिल्ला बजार क्षेत्रको बृद्धि भएसंगै बजारमा च्याउको माग अत्याधिक भएकोले च्याउ खेती तालिमको आयोजना गरेको बाराही सामुदायिक वन उपभोत्ता समुहका सचिव लक्ष्मी प्रधानले बताइन् ।

सहभागिहरुलाई प्रशिक्षकहरु दिपक कुमाल, रुपक कुमाल र सविना पाण्डे लगागतले सहजीकरण गरेका थिए ।
२०५१ सालमा स्थापना भएको बाराही सामुदायिक वन उपभोत्ता समुहले महिलाहरुको जीविकोपार्जनको लागि विभिन्न तालिम लागतयका कार्यक्रमहरु गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया