बट्टारमा व्यवसायिक च्याउ खेती तालिम सम्पन्न

विदुर खबर २०८२ वैशाख २५ गते २०:१४

नुवाकोट । महिलाहरुको सिपमुलक कार्यक्रम अन्र्तगत व्यवसायिक च्याउ खेती तालिम बिहिबार सम्पन्न भएको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ४ को कार्यालय र बाराही सामुदायिक वन उपभोक्ता समुहको आयोजनमा भएको तालिममा विदुर नगरपालिका वडा नम्बर ४ का २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा सम्बोधन गर्दै विदुर नगरपालिकाकी उप–प्रमुख प्रभा बोगटीले नगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै तरकारी र पशुपालनसँग सम्बन्धित तालिम संचालन गरिरहेको बताइन् । उनले च्याउखेति गर्न सजिलो र सरल भएकोले यसलाई व्यवसायिक रूपमा लिएर आर्थिक आम्दानी बढाउन सकिने उल्लेख गरिन् । उनले तालिमपछि आत्मनिर्भर हुन सक्ने उल्लेख गरिन् ।

Advertisement

फरक प्रसंगमा उपमेयर बोगटीले बट्टार बजार क्षेत्रमा खेतीयोग्य जमिनको अभाव देखिएकोले कौसी खेती प्रभावकारी हुने भन्दै त्यसतर्फ आफुहरुको ध्यान केन्द्रित भइरहेको बताइन् ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य छवि ओझाले तालिम बाट सिकेका ज्ञानहरूलाइ आफ्नो ठाउमा प्रयोग गर्न र अन्य कृषकहरूलाइ पनि सिकाउन आग्रह गरे ।

Advertisement

यस्तै बाराही सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष भुवनलाल राजभण्डारीले बाराही वन उपभोक्ता समुहले आगामी दिनमा पनि जीवउपयोगी तालिमको आयोजना गर्ने बताए । उनले सानो ठाउँमा समेत च्याउ उत्पादन गर्न सकिने भएकोले च्याउ खेती प्रभावकारी हुने बताए ।

पछिल्लो समय नुवाकोटमा पछिल्ला बजार क्षेत्रको बृद्धि भएसंगै बजारमा च्याउको माग अत्याधिक भएकोले च्याउ खेती तालिमको आयोजना गरेको बाराही सामुदायिक वन उपभोत्ता समुहका सचिव लक्ष्मी प्रधानले बताइन् ।

सहभागिहरुलाई प्रशिक्षकहरु दिपक कुमाल, रुपक कुमाल र सविना पाण्डे लगागतले सहजीकरण गरेका थिए ।

२०५१ सालमा स्थापना भएको बाराही सामुदायिक वन उपभोत्ता समुहले महिलाहरुको जीविकोपार्जनको लागि विभिन्न तालिम लागतयका कार्यक्रमहरु गरिरहेको छ ।

प्रतिक्रिया