नुवाकोट अमेरिका सम्पर्क समितिको संस्कृत माविलाई आर्थिक सहयोग

नुवाकोट । नुवाकोट–अमेरिका सम्पर्क समितिले विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको शहिद जगत प्रकाश जंग शाह सस्कृत माध्यमिक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सम्पर्क समितिले नुवाकोटको एकमात्र सस्कृत भाषा विद्यालयको रुपमा रहेको शहिद जगत प्रकाश जंग शाह सस्कृत माध्यमिक विद्यालयलाई एक लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।
नुवाकोट–अमेरिका सम्पर्क समितिले उपलब्ध गराएको आर्थिक सहयोगले विद्यार्थी र विद्यालयको शैक्षिक लगायतका विभिन्न कार्यमा थप उर्जा र साहस थपिएको
नुवाकोट–अमेरिका सम्पर्क समितिको उदारता र सहयोगले विद्यालयले सञ्चालन गरेको आवासीय गुरुकुलमा रहेर संस्कृत अध्ययन गर्ने विद्यार्थी र उनीहरुका परिवारजनको भविष्य उन्नयनमा ठूलो प्रभाव पर्ने विद्यालयका प्रधानाअध्यापक मञ्जु चित्रकारले बताइन् ।
उनले समितिको विषेश सहयोगले विद्यार्थी र विद्यालयको शैक्षिक लगायतका विविध कार्यमा थप उर्जा र उत्साह थपेको र विद्यालयलाई उत्प्रेरण प्रदान गरेको उल्लेख गरिन् ।
विद्यालयको सर्वाङ्गीण विकासका लागि समितिको योगदानले महत्वपूर्ण भूमिका खेल्ने र विद्यार्थी तथा विद्यालयलाई आफ्नो लक्ष्यमा पुग्न प्रेरित गर्ने हौसला मिलेको प्रधानाअध्यापक मञ्जु चित्रकारले बताइन् ।

नुवाकोट–अमेरिका सम्पर्क समितिले एक दशकदेखि प्राकृतिक प्रकोप, महामारी लगायत अन्य आर्थिक समस्यामा परेको समुदाय तथा विशेष गरी आर्थिक विपन्न भएको क्षेत्रका विद्ययालयलाई आर्थिक साहायता गर्दै आइरहेको समितिका अध्यक्ष डा. दीपेन्द्र दाहालले बताए ।
नुवाकोट–अमेरिका सम्पर्क समितिले नुवाकोटको विभिन्न स्थानमा आर्थिक रूपमा कमजोर भएको २० भन्दा बढ़ी विद्यालयलाई आर्थिक लगायत न्यानो कपडा वितरण गरिरहेको संस्थाका महासचिव जनकराज ढुङ्गानाले जानकारी दिए । उनले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने जानकारी दिए ।
उनले सस्कृत माविमा रहेका बटुकहरुको व्यवस्थापमा सरकार र नगरपालिकाबाट भएको सहयोग पर्याप्त नभएको र आर्थिक समस्या रहेकोले विद्यालयको आग्रह अनुसार नुवाकोट–अमेरिका सम्पर्क समितिले सहयोग गरेको बताए ।
यसअघि पनि नुवाकोट–अमेरिका सम्पर्क समितिले संस्कुत माविमा विभिन्न सहयोग गरिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया