वाइसिएल नुवाकोटको अध्यक्षमा गजुरेल निर्वाचित

विदुर खबर २०८२ वैशाख २३ गते ८:५७

नुवाकोट । नेकपा माओवादी केन्द्र सम्बद्ध युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नुवाकोटको अध्यक्षमा जलन गजुरेल निर्वाचित भएका छन् ।

Advertisement

सोमवार भएको चौथो जिल्ला समेलनको निर्वाचिनमा अध्यक्षका प्रत्यासी दिनेश अधिकारीलाई ७३ मतको अन्तरले पराजित गर्दै गजुरेल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गजुरेलले १६० मत प्राप्त गरे भने पराजित अधिकारीले ८७ मत ल्याए ।

यस्तै खुल्ला उपाध्यक्षमा सरोज तामाङ १७२ र सुर्य बहादुर तामाङ १५४ मत ल्याएर विजयी भए भने ७६ मत ल्याएका अशोक तामाङ पराजित भए । महिला उपाध्यक्षमा प्रमिला तामाङ निर्विरोध निर्वाचित भइन् ।

Advertisement

यस्तै सचिवमा सुरेन्द्र लामाले १५८ मत ल्याएर विजयी हुँदा पराजित भएका रामशरण प्याकुरेलले ७९ मत प्राप्त गरे ।

सहसचिवमा सबै निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा विकास गुरुङ, रविन्द्र तामाङ, विमिका विक, अनिल थापा र राजेश लामिछाने निर्वाचित भएका छन् ।

Advertisement

यस्तै कोषाध्यक्षमा जयराम ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

चौथो सम्मेलनको अधिवेशनबाट अध्यक्ष उपाध्यक्ष र सचिव वाहेक सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।

अभ्यक्षमा निर्वाचित भएका गजुरेलले वाइसिएललाई नुवाकोटमा नयाँ ढङ्गले अगाडी बढाउने बताए ।

३ सय ९ मतदाता रहेको निर्वाचनमा २ सय ५६ मत खसेको थियो ।

प्रतिक्रिया