ब्याडमिण्टन कर्भड हल विदुर नगरपालिकालाई हस्तान्तरण

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ नागटारीमा रहेको नुवाकोट ब्याडमिण्टन कर्भड हल विदुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

सामाजिक विकास कार्यालय गजुरी धादिङबाट निर्माण गरिएको नुवाकोट ब्याडमिण्टन कर्भड हल विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलाई शुक्रवार हस्तान्तरण गरिएको हो ।
सामाजिक विकास कार्यालय गजुरी धादिङका कार्यालय प्रमुख लोकबहादुर वाइवाले शुक्रवार विदुर नगरपालिकाको कार्यालय आएर मेयर श्रेष्ठलाई कर्भड हलको स्वामित्व,व्यवस्थापन र उपयोगको दायित्व हस्तान्तरण गरेका हुन् ।
कर्भड हलको दायित्व आफु्हरुमा आएको भन्दै नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाले चुस्तदुरुस्त व्यवस्थापनसहित कर्भड हल संचालनमा ल्याउने बताए ।
२०८० साल माघ २९ गते सामाजिक विकास कार्यालय गजुरी धादिङ र रत्न सन्तोषी जेभीबिच सम्झोता भई २०८१ पुष २४ गते निर्माण सम्पन्न भएको थियो ।
झण्डै दुई करोड ५० लाखमा निर्माण गरिएको सो कर्भड हलको औपचारिक उद्घाटन बाग्मति प्रदेश सरकारका मुख्यमन्त्रि बहादुरसिंह लामाले आईतवार गर्ने कार्यक्रम रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया