नुवाकोटमा भरुवा बन्दुक पड्केर एक युवकको मृत्यु

विदुर खबर २०८२ वैशाख २० गते १३:३६

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा भरुवा बन्दुक पड्केर एक युवकको ज्यान गएको छ ।

Advertisement

भरुवा बन्दुक पड्केर मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १२ बाँसपानीका २४ वर्षिय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बुधवार साँझ ६ बजेको समयमा आफनै घरदेखि अन्दाजी एक किलोमिटर पुर्व भरुवा बन्दुक पड्केर तामाङ गम्भीर घाईते भएका थिए ।

Advertisement

गम्भीर घाईते भएका उनको छातिमा चोट लागेपछि उपचारको लागि त्रिशुली अस्पतालमा ल्याएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।

घटनापछि शंकास्पद ४ जनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का राजु तामाङ, राजन तामाङ, रुपेश तामाङ र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ का २८ वर्षिय सरोज तामाङ रहेका छन् ।

Advertisement

घटनाको प्रारम्भीक अनुसन्धानमा मृतकले असावधानीपुर्वक बन्दुक चलाउँदा आफैलाई लागेको देखिएको प्रहरीले जनाकारी दिएको छ ।

उनीहरुलाई जिल्ला अदालत नुवाकोटबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया