जुवा खेलेको आरोपमा नुवाकोटका दाहालसहित १३ जना पक्राउ

विदुर खबर २०८२ वैशाख १९ गते १३:१२

नुवाकोट । जुवातास खेलेको आरोपमा नुवाकोटका एक जनासहित भत्तपुरबाट १३ जना पक्राउ परेका छन् ।

Advertisement

मध्यपुर थिमी नगरपालिका–५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

Advertisement

मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

Advertisement

प्रतिक्रिया