नुवाकोटका स्थानीयद्धारा बञ्चरेमा फोहोर फाल्न अवरोध

विदुर खबर २०८२ वैशाख १९ गते १३:०४

नुवाकोट । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट आएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् ।

Advertisement

फोहोर बोकेर आएको करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका-१ मा रोकिदिएका हुन् ।

बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।

Advertisement

‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले भनिन् ।

Advertisement

प्रतिक्रिया