मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताको तयारी तिव्र
नुवाकोट । नुवाकोटमा शनिवारदेखि हुने बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा आयोजना हुने बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता सबै तयारी अन्तिम चरणमा पुगेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ्
बागमती प्रदेश खेलकुद परिषदले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहने प्रतियोगितामा ३ विभागीय टोलीसहित ८ टोलीको सहभागिता रहनेछ ।
वैशाख १३ देखि २० गतेसम्म बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख र हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
प्रतियोगिताको हरेक खेलको प्लेयर अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ ।
प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, गण्डकी प्रदेश संघ, रौतहट र मकवानपुरको सहभागिता रहने भएको छ ।
दर्शकका लागि खेल हेर्न झण्डै २५ सय सिटको अस्थायी प्यारापिट निर्माण गरिने पनि अध्यक्ष गुरुङले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट





प्रतिक्रिया