विदुरका कृषकलाई कृषि औजार
विदुर खबर
२०८२ वैशाख ३ गते १५:०५
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले कृषकहरुलाई कृषि उपकरण उपलब्ध गराएको छ ।

मंगलवार नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले कृषकहरुलाई कृषि औजार वितरण गरेका हुन्
नगरपालिकाले ’मकै बाली प्रबद्र्वन कार्यक्रम’ अन्तगत रहेर किसानलाई मकै छोडाउने उपकरण, मकैमा रोग लाग्न नदिनको लागी विषादी प्रयोग गर्न स्प्रे (पम्प), आवश्यक विषादी प्रदान गरिएको मेयर राजन श्रेष्ठले जानकारी दिए ।

मकै बाली प्रबद्र्वन कार्यक्रम अन्तरगत यसअघि नगरपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ उपलब्ध गराएको छ भने मकै खेती गर्ने किसानलाई आवश्यक निःशुल्क प्राबिधिक सहयोग सहितका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरल लगायतको उपस्थिती रहेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया