नुवाकोटको ककनीमा थ्रेसर मेसिनले च्यापिएर एक जनाको मृत्यु
विदुर खबर
२०८१ चैत २३ गते २१:५३
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ मा ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले च्यापिएर शनिवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ३ ढुङ्गानागाउँ बस्ने ३३ वर्षीय धर्मराज ढुङ्गाना रहेको प्रहरीले जनाएको छ ।
ना.६ त २०८२ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले च्यापिएर उनको शनिबार दिउँसो मृत्यु भएको हो । आफ्नै बारीमा थ्रेसर मेसिन लगाई फर्किने क्रममा थ्रेसर मेसिन पल्टिएर च्यापिँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका उनको वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस





प्रतिक्रिया