खेलकुद महासंघ समाजवादीमा नुवाकोटका श्रेष्ठ र दिक्षित निर्वाचित
विदुर खबर
२०८१ चैत १८ गते १६:२८
नुवाकोट । नेकपा (एकिकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादीले नयाँ नेतृत्व चयन गरेको छ ।

सोमवार काठमाण्डौमा भएको नेपाल खेलकुद महासंघ समाजवादीको दोस्रो महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।
समितिमा नुवाकोटका दुईजना निर्वाचित भएका छन् । उप–महासचिवमा उत्तम श्रेष्ठ निर्वाचित हुँदा केन्द्रिय सदस्यमा रामकाजी दिक्षित निर्वाचित भएका छन् ।
भेलाले अर्जुनभक्त राईको नेतृत्वमा १०३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । केन्द्रिय सदस्यमा निर्वाचित भएपछि दिक्षितले आगामी दिनमा जिल्लामा विभिन्न खेलकुद गतिविधि आयोजना गर्ने बताए । यसअघि पनि जिल्लामा फुटसल लगायत विविध खेलकोद कार्यक्रम गर्दै आएकै थिँए, अबको दिनमा अझै बढी सक्रिय रहन्छु दिक्षितले विदुर खबरसँग भने ।

भेलामा देशभरबाट झण्डै ३ सय १५ जनाभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया