विदुरमा कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सुरु
नुवाकोट । नुवाकोटमा विदुर नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) आजबाट सुरू भएको छ ।

गतवर्ष देखि विदुर नगरपालिकाबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा आजबाट शुरु भएको विदुर नगरपालिकाले जानकारी दिएको छ ।
परीक्षामा एक हजार २ सय २३ जना परीक्षार्थी सहभागिता रहेको जनाइएको छ । परिक्षामा सामुदायिक र संस्थागत गरि ४६ विद्यालयबाट परिक्षार्थी सहभागि भएका छन् । परिक्षामा ११ ओटा परिक्षा केन्द्र तोकिएको छ ।
यसैगरी आजदेखि नै कक्षा ५ को वार्षिक परीक्षा पनि विदुर नगरपालिकाबाट सञ्चालन भएको छ । कक्षा ५ को वार्षिक परीक्षा यस वर्षदेखि मात्र नगरपालिकाले सञ्चालन गरेको हो ।
यसमा जम्मा ५९ वटा विद्यालयबाट एक हजार दुई सय ५२ जना परीक्षार्थीहरू परीक्षामा सहभागी रहेका छन् । विदुर नगरपालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत नवराज सापकोटाका अनुसार चैत्र ११ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।
यसैविच विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको शहिद जगत प्रकाश जंग शाह सस्कृत माध्यामिक विद्यालयमा परिक्षाको अनुमगन गरिएको छ ।

वडासदस्य विनोद चित्रकारको नेतत्व गएको टोलीले परिक्षा अुनगमन गरेको हो । अनुगमनको क्रममा चित्रकारले परीक्षार्थीहरुका लागि विद्यालयमा शान्तीपूर्ण वातावरण भए नभएको, शौचालय र खानेपानीको अवस्थाका बारेमा शिक्षक तथा विद्यार्थीहरुसंग जानकारी लिएका थिए ।
यस्तै विद्यालयमा शान्त वातावरणमा कक्षा ५ लगायत सबै कक्षाको परिक्षा सचालन भइरहेको प्रध्यानाअध्यापक मञ्जु चित्रकारले जानकारी दिइन् ।
परिक्षा दिउँसो साढे १२ देखि साढे दुई बजेसम्म संचालन हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया