सिचाई पुल नजिक मोटरसाईकल र्दुघटना हुँदा एक जनाको मृत्यु
विदुर खबर
२०८१ फागुन ३० गते १९:४९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ सिंचाई पुल नजिक मोटरसाईकल र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर १ दानसिंङका ३२ वर्षिय चतुरमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बट्टारबाट दानसिङतर्फ गइरहेको बा ४६ प ८२५३ नम्बरको मोटरसाईकल र्दुघटनामा परेको हो । र्दुघटनामा परि घाइते भएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पताल नुवाकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले तिव्रगतिका कारण र्दुघटना भएको प्रारम्भीक अनुमान गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया