बालाजुको गुम्बा नजिक नुवाकोटका बानियाँको शव भेटियो

विदुर खबर २०८१ फागुन २८ गते २१:०८

नुवाकोट । काठमाडौं महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा बिट नजिक मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।

Advertisement

नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बानियाँको शव बुधबार फेला परेको हो ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

Advertisement

उनका अनुसार बानियाँ मन्दिर परिसरमा मागी खाने व्यक्ति हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया