बट्टार क्याम्पसमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्न तीन विद्यार्थी संगठनको माग

नुवाकोट । नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा तत्काल स्ववियु निर्वाचन समिति गठन गरि निर्वाचन प्रक्रिया शुरु गर्न तीन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
आज नुवाकोट आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणमान डंगोललाई संयुक्त ध्यानार्कषण पत्र बुझाउँदै अखिल क्रान्तिकारीका राजेन्द्र पनेरु, अनेरास्वियुका रमेश गिरी र अखिल समाजवादीका रोजी सिंले ले तत्काल क्याम्पसमा चुनावको वातावरण बनाउन माग गरेका हुन् ।
उनीहरुले देशभर आगामी चैत्र ५ गते हुन लागेको स्वतन्त्र विध्यार्थी युनियन (स्ववियु) निर्वाच अन्तर्गत नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा पनि स्वतन्त्र विध्यार्थी युनियन निर्वाचन गर्न संघ÷संगठन दर्ता भइ निर्वाचन सम्पन्न गर्न सहमत भएको सन्दर्भमा सामान्य विवादलाई वहाना बनाएर क्याम्पस प्रशासनको इसारामा स्ववियु निर्वाचन समिति संयोजकलाइ राजिनामा गर्न लगायर निर्वाचन भाड्न अनेक प्रयत्न गरेको आरोप लगाएका छन् ।
विद्यार्थी संगठनहरुको निरन्तर खवरदारी पश्चात् फाल्गुन २७ गते बेलुका ४ बजे स्ववियु निर्वाचनका लागि दर्ता भएका संघ÷संगठनहरुलाई क्याम्पस प्रशासनबाट बैठक आव्हान गरीएको अवस्थामा सत्तासीन दलका भातृ संगठनहरुबाट नै बैठक बहिस्कार गरिएकोले निर्वाचन नचाहेको स्प्रष्ट बुझिने अखिल क्रान्तिकारी नुवाकोटका अध्यक्ष राजेन्द्र पनेरुले जानकारी दिए ।
उनले सतासीन दलले जिल्लाका सबै क्याम्पसहरुमा भागबन्डा गरिसकेको अवस्थामा समेत नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा आन्तरिक मतभेदका कारण निर्वाचन गर्न नखोज्नुले आफुलाई लोकतन्त्रका हिमायती ठान्ने संगठनको वास्तविक चरित्र उदाङ्गिएको बताए ।
तीन विद्यार्थी संगठनहरुले (स्ववियु) निर्वाचन मार्फत विध्यार्थीलाइ चुन्न र चुनिन पाउने अधिकारबाट वन्चित गर्न खोजिएकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनीहरुले तोकिएको समयमा (चैत्र ५ गते) नै स्ववियु निर्वाचन सम्पन्न गर्न फाल्गुन २८ गते बिहान १२ बजे भित्र (स्ववियु) निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न जोडदार माग गरेका छन् ।
यसअघि क्याम्पसमा विप्लव माओवादी निकटका विद्यार्थी संगठनका विद्यार्थीहरुले निर्वाचन प्रक्रियामा चित्त नबुझेपछि माइन्युट च्यात्नुका साथै क्याम्पसको कुर्सी तोडफोड गरेका थिए भने निर्वाचन संयोजक रहेका प्रकाश सडौलाले राजीनामा दिएका थिए ।
यस्तो छ विद्यार्थीहरुले नर्वाचनको माग गर्दै बुझाएको सामुहिक ध्यानाकर्षण पत्र ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित
देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने
रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो
झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित





प्रतिक्रिया