नुवाकोटमा एकैपटक १८३ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया
नुवाकोट । आँखाका बिरामीहरूको सुविधाका लागि नुवाकोटको विदुरमा विदुरमै एकैपटक १८३ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट रेडक्रस, सामुदायिक आँखा केन्द्र नुवाकोट र लायन्स क्लब उर्जाशिल नुवाकोटको संयुक्त आयोजनामा गरिएको विशेषज्ञ शिविरमा १८३ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । रेडक्रस भवन विदुरमा दुई दिनसम्म सञ्चालित शिविरमा उनीहरुको आँखाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिएको आयोजकले जनाएको छ ।

नुवाकोटका विभिन्न स्थानबाट आएका आँखाका मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको आयोजक रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए । उनका अनुसार शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक टोलीले शल्यक्रियासहितको उपचार गरेका थिए ।

त्यस्तै शिविरमा आएका विरामी र उनका आफन्तहरुलाई लायन्स क्लब उर्जाशिल नुवाकोटले निशुल्क खानाको व्यवस्था समेत गरेको थियो । शिविरमा आँखाको शल्यक्रिया गरिएका बिरामीहरूलाई निःशुल्क औषधि र चस्मा समेत वितरण गरिएको लायन्स क्लब उर्जाशिल नुवाकोटका अध्यक्ष कृष्ण भट्टले जानकारी दिए ।

उनले आगामी दिनमा पनि लायन्स क्लब उर्जाशिल नुवाकोटले विभिन्न सामाजिक कामहरुमा सक्रिय सहभागिता जनाउने बताए ।
पछिल्लो समय जनस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धि हुँदै गए पनि आँखाको हेरचाहमा भने चेतनास्तर बढाउन आवश्यक देखिएको नेत्ररोग विशेषज्ञहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया