खैरो हेरोइन बोकेर हिँडेका नुवाकोटका विक्रम पक्राउ
नुवाकोट । खैरो हेरोइनसहित नुवाकोटका एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट उनलाई नियन्त्रणमा लिईएको हो ।
पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ का २७ वर्षिय विक्रम तामाङ रहेका छन् ।
यस्तै पक्राउ पर्ने अन्यमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय रोमश्वर अधिकारी छन् ।
उनीहरुलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको मोटरसाइकल र क्रेटा गाडी समेत नियन्त्रणमा लिइएको छ । उनीहरू मोटरसाइकल र बा १५ च १७७३ नम्बरको क्रेटा गाडीमा खैरो हेराइन बोकेर हिँडेको सशस्त्र प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया