जालपा क्षेत्र विकास समितिको अध्यक्षमा भरतकाजी
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको जालपा क्षेत्र विकास समितिको अध्यक्षमा भरतकाजी चित्रकार निर्वाचित भएका छन् ।

शनिवार भएको जालपा क्षेत्र विकास समितिको १० औ साधारणसभा तथा अधिवेसनले भरतकाजी चित्रकारको नेतृत्वमा २० सदस्यीय कार्यसमिति निर्वाचित गरेको निर्वाचन अधिकृत विनोद चित्रकारले जानकारी दिए ।
समितिको वरिष्ठ उपाध्यक्षमा शुशिला चित्रकार चयन भएका छन् भने उपाध्यक्षमा नविन चित्रकार चयन भएका छन् । यस्तै सचिवमा मदनलाल चित्रकार, सह–सचिवमा शिवप्रसाद प्याकुरेल चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा रामलाल चित्रकार र सहकोषाध्यक्षमा बद्रीलाल चित्रकार चयन भएका छन् ।
२०४४ सालमा स्थापना भएको जालपा क्षेत्र विकास समितिको अध्यक्षमा मानवहादुर डगोल झण्डै ३७ वर्ष कार्यररत रहे ।
कार्यक्रममा विदुर नगरपालिका मेयर राजन श्रेष्ठ र विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया