विदुर कार्यसमतिको चुनावमा ओली समुहका सबै उम्मेद्धवार पराजित
नुवाकोट । नेकपा एमाले नुवाकोटको विदुर नगरकार्य समितिको अधिवेशनमा ओली समुहका सबै उम्मेद्धवार पराजित भएका छन् ।
विदुर नगर कार्य समितिको बुधवार भएको निर्वाचनमा केन्द्रमा ओली समुह निकट रहेका सबै उम्मेद्धवारलाई पराजित गर्दै सुरेन्द्र पाण्डे पक्षका उम्मेद्धवारले शानदार जीत हात पारेका हुन् ।
जिल्लामा केशव पाण्डे, विन्दा अर्याल र बद्री मैनाली समुह पराजित हुँदा पुर्व सांसद नारायण प्रसाद खतिवडा समुहले सबै सिटमा जीत हात पार्न सफल भएको छ ।
अध्यक्षका उम्मेद्धवार रहेका अनुजकुमार श्रेष्ठलाई केशव पाण्डे, विन्दा अर्याल र बद्री मैनाली लगायतको साथ रहेको थियो भने संजीवबहादुर श्रेष्ठलाई नेता नारायण प्रसाद खतिवडा समुहले साथ दिएको थियो ।
अध्यक्षमा विजयी सञ्जिवले १५८ मत प्राप्त गरी विजयी हुँदा अनुज श्रेष्ठ १०६ मत प्राप्त गरेका थिए । अध्यक्षमा विजयी श्रेष्ठ विदुर खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष समेत रहेका छन् ।
उपाध्यक्षमा श्याम कृष्ण चालिसे १७३ मतसहित विजयी हुँदा देवनारायण चित्रकारले ९० मत प्राप्त गरे । सचिवमा तोयानाथ तिम्सिनाले १४८ मतसहित विजयी हुँदा उपेन्द्र रिमालले १०८ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपसचिवमा पुर्णबहादुर कार्की १३३ मतसहित विजयी हुँदा दिल्लीप्रसाद गजुरेलले ११८ मत प्राप्त गरेका थिए । ।
महिला उपसचिवमा करिना नेपाल १३७ मतसहित विजयी हुँदा मुना पुडासैनी न्यौपानेले १०८ मत प्राप्त गरेकी थिइन् ।
यस्तै लेखा समिति संयोजकमा रामशरण तिम्सिना १२९ मतसहित विजयी हुँदा रामकृष्ण खडकाले ११८ मत गरेका थिए ।
योसँग नुवाकोटमा मतदानकै माध्यमबाट एमालेभित्र नारायण खतिवडाको समूहको कमब्याक भएको छ । पछिल्लो समय खतिवडा निकै मसिनो ढंगले पार्टीको गतिबिधिमा सहभागी हुँदै आइरहेका छन् ।
ओली समुहबाट पेलिएको अनुभव गरेका खतिवडा पछिल्लो पार्टीभित्र संगठन निर्माणमा तिव्र लागिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया