जनयुद्ध दिवसमा त्रिशुली अस्पतालका विरामीलाई फलफूल वितरण
नुवाकोट । ३० औं जनयुद्ध दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र विदुर नगर कमिटिले त्रिशुली अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
आज विहान एक कार्यक्रमको आयोजना गरि अस्पतालका विरामीहरुलाई फलफूल वितरण गर्नुको साथै अस्पताललाई एक सेट वाटर डिस्पेन्सर उपलब्ध गराएको नेकपा माओवादी विदुर नगर कमिटिका अध्यक्ष भोजराज पनेरुले जानकारी दिए ।
“जनतासंग माओवादी“ भन्ने मुल नाराका साथ अस्पतालमा उपचाररत बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै बिरामी भेटघाट तथा फलफुल वितरण कार्यक्रम गरिएको पनेरुले बताए ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज हिरानाथ खतिवडाले जनयुद्धको जगमा देश अहिले गणतान्त्रिक मुलक बनेको बताए । उनले अहिलेको व्यवस्थालाई जोगाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष उप्रेन्द्र बुढाथोकीले बिरामीलाई तातो चिसो पानीको सहजताको लागि वाटर डिस्पेन्सर उपयोगी हुने बताए । उनले आगामी दिनमा पनि अस्पतालले विभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडी बढ्ने उल्लेख गरे ।
कार्यक्रममा अस्पतालका डाक्टर राजेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया