एमाले विदुरको अध्यक्षमा श्रेष्ठको प्यानलनै निर्वाचित

नुवाकोट । नेकपा एमाले विदुर नगर कमिटीको अध्यक्षमा सञ्जिवबहादुर श्रेष्ठको प्यानल नै निर्वाचित भएको छ ।
बुधवार भएको दोस्रो नगर अधिवेशनले श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । राती अवेर आएको मतगणनाको नतिजा अनुसार अनुजकुमार श्रेष्ठलाई ४८ मतको मतान्तरले हराउँदै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
सञ्जिवबहादुरले १५८ मत प्राप्त गर्दा अनुजले १०६ मत मात्र प्राप्त गरे । यस्तै, नगर कमिटीको उपाध्यक्षमा फराकिलो मतान्तरले श्यामकृष्ण चालिसे निर्वाचित भए । उनले १७३ मत प्राप्त गर्दा प्रतिद्वन्धि देवनारायण चित्रकारले ९० मत प्राप्त गरे ।
सचिवमा तोयानाथ तिमिल्सिना निर्वाचित भए । उनले १४८ मत प्राप्त गर्दा उपेन्द्र रिमालले १०८ मत प्राप्त गरे ।
खुल्ला उपसचिवमा पूर्णबहादुर कार्की विजयी भए । उनले १३३ मत प्राप्त गर्दा डिल्लीप्रसाद गजुरेलले ११८ मत ल्याए गरे । महिला उपसचिवमा करिना नेपाल निर्वाचित भए । उनले १३७ मत प्राप्त गर्दा मुना पुडासैनी न्यौपानेले १०८ मत प्राप्त गरिन् ।
त्यसैगरि लेखा कमिटी अध्यक्षमा रामशरण तिम्सिना विजयी भए । उनले १२९ मत प्राप्त गर्दा रामकृष्ण खड्काले ११८ मत हात पारे. ।
मतदानमा २ सय ७४ मत खसेको थियो । नगर कमिटिमा विजयी भएका पदाधिकारीहरुलाई छिट्टै सपथ खुवाउने निर्वाचन कमिटीका प्रमुख पुरुषोत्तम प्याकुरेलले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया