विदुर खेलकुद तथा पर्यटन महोत्सवको तयारी तिव्र

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ मा आगामी माघ २७ गतेदेखि हुन लागेको बिदुर खेलकुद तथा पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ ।
पिपलटार फुटबल क्लवको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आगामी माघ २७ गते देखि फागुन ७ गतेसम्म हुन लागेको महोत्सवको तयारी तिव्र पारिएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवको लागि विदुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेको संयोजकत्वमा एकसय ५० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
महोत्सवमा प्रतियोगितात्मक खेल गतिबिधिहरु, प्रतियोगितात्मक लोक नृत्य , स्थानीय उत्पादनहरुको प्रदर्शनी, लोपोन्मुख रीतिरिवाज र संस्कृति झल्कने झाँकीहरुको प्रदर्शनी, चर्चित कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै मनोरञ्जनात्मक खेल मेलाहरु समेटिएको आयोजक क्लवका अध्यक्ष उद्धब पनेरुले जानकारी दिए ।
११ दिनसम्म चल्ने महोत्सव करिब ७० हजारले अवलोकन गर्ने र महोत्सव अवधिभर दुईकरोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको समेत क्लवले जनाएको छ ।
महोत्सवको लागि अहिले जिल्लाको विभिन्न स्थानमा गेट बनाउने काम भइरहेको छ भने महोत्सवस्थलमा स्टल बनाउने काम भइरहेको छ ।
प्रतिक्रिया