बट्टार क्याम्पसको भ्रम र यर्थाथता
नुवाकोट । नुवाकोटमा सबैभन्दा पहिले स्थापित नुवाकोट आदर्श बहुमुखी क्याम्पस पछिल्लो केही सातादेखि चर्चामा छ ।
सामाजिक संजालदेखि विभिन्न मिडियामा चर्चाको विषय बनेको क्याम्पस र यसका संचालक समितिका अध्यक्ष लगायतको विवादको तथ्य यस लेखमा चर्चा गरिएको छ ।
वि.सं. २०४३ मा स्थापित क्याम्पसको संस्थापक अध्यक्ष धर्मवहादुर थापा हुन् । दोस्रो क्याम्पस अध्यक्षमा नरेन्द्र चौधरी रहेका छन् । पन्चायत कालमा अञ्चलाधिशलाई क्याम्पस अध्यक्षको जिम्मा दिइने गरिन्थ्यो न कि कुनै पनि व्यक्तिलाई । पछि क्याम्पसको तेस्रो अध्यक्षको रुपमा वसन्तलाल श्रेष्ठलाई चयन गरिएको थियो ।
वि.सं. २०७८ मा भएको नवाँै क्याम्पससभा तथा प्रथम अधिवेशन गैरकानुनी तथा अवैधानिक भएको जनाउँदै त्यस सभा र अधिवेशनले गठन गरेको श्रीराम श्रेष्ठ अध्यक्ष रहेको सञ्चालक समिति र त्यसले गरेको सम्पूर्ण अवैधानिक निर्णय बदर गरिपाऊँ भन्दै अदालती निकाय र सङ्घसंस्थामा हारगुहार गरिरहेको छ ।
क्याम्पस सञ्चालक समितिको यही माघ २ गते बसेको बैठक १९ गते दसौँ क्याम्पससभा तथा दोस्रो अधिवेशन गर्ने निर्णय गरेको छ । क्याम्पसका संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक भनिएका वसन्तलाल समूहले उक्त क्याम्पससभा र सम्मेलन रोक्न विभिन्न निकायमा धाइरहेको छ । उनीहरुले अवैधानिक क्याम्पससभाले आयोजना गरेको अधिवेशन स्थगित गर्नुपर्ने माग गर्दै आइरहेका छन् । उनीहरुले संचालक समिति अवैधानिक रहेको भन्दै उच्च अदालत पाटन र सर्वाेच्च अदालत समेत पुगेका थिए ।
क्याम्पसका तत्कालिन क्यामपस प्रमुख भोला प्रसाद पाण्डे संस्थापक अध्यक्ष भनिएका वसन्तलाल श्रेष्ठ ÷ नारायणलाल श्रेष्ठले २०८० साल जेठ २६ गते क्याम्पस, सञ्चालक समिति अध्यक्ष श्रीराम श्रेष्ठ , क्याम्पस प्रमुख जितेन्द्र अर्याल ,क्याम्पसको जेष्ठ सदस्य छत्रराज डंगोललगायतलाई विपक्षी बनाई मुद्धा दायर गरेका थिए ।

सर्वाेच्च अदालतको निर्णय ।
तर सर्वाच्च अदालतका न्यायधिश विश्वमभर प्रसाद श्रेष्ठ र डाक्टर कुमार चुडालको मिति २०८० साल असोज ५ गतेको संयुत्त इजलासले अन्तिम निर्णय दिँदै विपक्षीको नाममा फैसला सुनाएको थियो । साथै अदालतले कुनैपनि आदेश जारी गर्न नपर्ने निर्णय गरेको थियो ।
हाल क्याम्पसका संचालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पसको वैधानिक सस्था क्याम्पससभा नै रहेको बताए । उनले उच्च अदालत पाटन र सर्वाेच्च अदालतले आफुहरुको पक्षमा निर्णय गरिसकेकोले अदालतले गरेको निर्णयको विषयमा कुनै रोइलो गर्न जरुरी नरहेको बताए । सर्वाेच्च अदालतले गरेको निर्णय मान्नुको विकल्प नै छैन श्रेष्ठले भने । उनले अदालतको निर्णयको विरुद्ध गएर टिप्पणी गर्नेहरुलाई उल्ट्टै मानहानीको मुद्धा लाग्ने बताए ।
उनले क्याम्पसको विधानमा प्रमुख संरक्षकको अवधारणा नै नरहेको भन्दै केही व्यक्तिले आफै क्याम्पसको संरक्षकको दाबी गरिरहेको समेत बताए ।
तर क्याम्पसको स्वीकृत विधानअनुसार सभा र अधिवेशन गर्न लागिएको जिकिर क्याम्पस प्रमुख नारायणमान डङ्गोलले गरेका छन् । सबैलाई सभामा उपस्थित भएर छलफल गरी विवाद टुङ्ग्याउन उनले आग्रह समेत गरे । वि.सं. २०४२ मा रसुवा, धादिङ र नुवाकोट क्षेत्रकै समुदायले सञ्चालन गर्ने गरी त्रिविबाट अस्थायी सम्बन्धन लिएर पहिलो सामुदायिक क्याम्पस स्थापना भएको थियो ।
भौतिक रूपमा सम्पन्न क्याम्पसमा शैक्षिक जनशक्ति र विद्यार्थीको सङ्ख्या पर्याप्त छ । शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा प्लस टुदेखि स्नातकोत्तरसम्म अध्ययन हुने सो क्याम्पसमा करिब एक हजार विद्यार्थी अध्ययनरत छन् ।
सर्वाेच्च अदालतको अन्तिम निर्णयहरु ।


- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया