नुवाकोटका एकजना अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ
नुवाकोट । अनलाइन जुवा खेलाएर सट्टाबाजी गर्ने नुवाकोटका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका वडा नं. १३ घर भई हाल काठमाण्डौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् । उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका भुजेलले बेटिंग आवेदन मार्फत विश्वभर सञ्चालन हुने बिभिन्न अनलाइन गेम हरु अन्तर्गत मन्त १०८ नामक वेबसाइटमार्फत जुवा (सट्टाबाजी) गर्ने ÷ गराउने गरी रकम संकलन गर्ने,क्रिप्टो मुद्रा व्यापार गर्ने लगायतका गैर कानुनी कार्यहरु भइरहेको भन्ने सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न रहेका निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा बैक खाता तथा ब्यालेन्स आइडी प्रयोग गरी हाल सम्म दुई करोड एक्चालिस हजार छ सय छत्तिस बराबरको कारोबार गरेको खुलेको पाइएको प्रहरीले बताएको छ ।
प्रहरीले उनीको साथबाट बिभिन्न मोडेलका मोबाइल सेट थान–४,कम्प्यूटर ( सीपीयु) थान–१,एनसेल सिमकार्ड थान–५०,एनटीसी सिमकार्ड थान–९,बिभिन्न ब्यक्तिहरुको नाममा रहेका एटीएम कार्ड थान–२७, डायरी थान–५, चेकबुक थान–७ र नगद नब्बे हजार बरामद गरेको छ।
पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– ५ को दफा १२५ र सोही संहिताको दफा २६२ (क) १ कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया