लोकप्रिय उपभोक्ता सहकारीको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको श्री लोकप्रिय उपभोक्ता सहकारी संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदी ।
साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीले सहकारी जनताको नजिकको सुखदुखको साथी रहेको बताइन् । उनले सहकारीले राष्ट्र निर्माणको खम्बाको रुपमा भुमिका खेल्ने समेत उल्लेख गरिन् ।
सुुवेदीले केही सहकारीको कारणले गर्दा आम सहकारीहरु मर्कामा परेको बताइन् । उनले सबैको सामुहिक प्रयासबाट लोकप्रिय सहकारी लोकप्रिय बनेको भन्दै खुशी व्यक्त गरिन् ।

साधारणसभामा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा सहकारीका सल्लाहकार लिलानाथ न्यौपाने ।
यस्तै कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा सहकारीका सल्लाहकार लिलानाथ न्यौपानेले लोकप्रिय सहकारी जिल्लाकै लोकप्रिय सहकारी भन्दै अब्बल रहेको बताए । वडाध्यक्ष न्यौपानेले सहकारीलाई गतिशिल, तन्दुरुस्त र सुशासन कायम गर्न संचालक समितिका पदाधिकारीहरु लागि परेको बताए ।
उनले देशका केही सहकारीहरुमा रकम अपचलनको विषय आएपनि जिल्लामा त्यस्तो अवस्था नरहेको बताए । उनले अबको दिनमा धेरै ठुलो लगानी गर्नु उपयुत्त नरहेको बताए ।

साधारणसभामा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष चन्द्रवहादुर कुमाल ।
साधारणसभामा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष चन्द्रवहादुर कुमालले आगामी दिनमा उपभोक्तामुखि सेवा मार्फत सदस्यहरुको बृद्धि र विकासमा ध्यान दिने बताए । उनले सहकारीले आर्थिक वर्ष २०८०÷८१ कुल ३ लाख २४ हजार ७ सय ९२ रुपैयाँ नाफा कमाएको उल्लेख गरे ।

साधारणसभामा सहकारीको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष रामहरि घिमिरे ।
यस्तै सहकारीका कोषाध्यक्ष रामहरि घिमिरेले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८१÷८२ को अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । सहकारीको आर्थिक वर्ष २०८०÷८१ सम्ममा २ करोड ५९ लाख ९८ हजार ७ सय शेयर पूँजी रहेको छ । सहकारीले ११ करोड ६३ लाख ६४ हजार ३ सय ७७ हजार निक्षेप संकलन गरि ९ करोड ४४ लाख २७ हजार ६ सय ७० रुपैयाँ ऋण लगानी गरेको कोषाध्यक्ष घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दे सदस्य राजु मगराती ।
यस्तै लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दे सदस्य राजु मगरातीले संस्थाले राख्नुपर्ने न्युनतम तरलताको हकमा सरकारी मापदण्ड अनुसार नै रहेको भन्दै खराब ऋणको हकमा कानुन अनुसार अशुलउपर गर्न कदम चाल्नुपर्ने बताए ।

कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष केशववहादुर कुमाल, रााष्ट्रिय सहकारी बैंक नुवाकोट शाखाका शाखा प्रमुख मिलन श्रेष्ठ लगायतले शहकारी सबैको सहयागेका कारण उत्कृष्ट लयमा रहेको बताए ।
साधारणसभामा उत्कृष्ट बालबचततर्फ आभ्या ढकाल, उत्कृष्ट बचतकर्तातर्फ मुईया गजुरेल। उत्कृष्ट ऋणीतर्फ चुलीमाया तामाङ र जेष्ठ शेयरसदस्य लिलावहादुर खनाललाई सम्मान गरिएको थियो ।

यस्तै २०८० सालको एसइई परिक्षामा ए प्लस ल्याउने शेयर धनीका छोराछोरीहरुलाई समेत नगदसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा पुर्णिमा धमला, विवस डंगोल, दिलाशा केशी र विराज तामाङ रहेका छन् ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया