संगम सहकारीको २८ औ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । विदुर ४ बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औ वार्षिक साधारणसभा तथा २८ औ वार्षिकउत्सव सोमवार सम्पन्न भएको छ ।
सहकारी साधारणसभाको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताए । उनले केही सहकारीमा समस्या भएपनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीहरूमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको उल्लेख गरे । मेयर श्रेष्ठले समुदायमा आधारित सहकारीमा तरलता बढी भएकोले सोतर्फ पनि सचेत रहन सुझाव दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सरकारले सहकारी संस्थाको नियमन गर्न अध्यादेश ल्याएको निति सहकारीको हितमा नरहेको बताए । उनले सहकारीको बचत संकलनमा सरकारले अंकुश लगाएको बताए ।
यस्तै नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नारायण श्रेष्ठले संगम सहकारी जिल्लाकै उत्कृष्ट सहकारी रहेको भन्दै खुशी व्यक्त गरे । उनले दुखमा सहकारी र सुखमा सहकारी भन्ने मुल मर्म बोकेर काम गरिरहेको बताए ।
त्यस्तै साधारणसभामा राष्ट्रिय सहकारी बैंक नुवाकोटका संयोजक बैकुण्ठ मिश्रले सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने उद्देश्यले सरकारले अध्यादेशमार्फत सहकारीसम्बन्धी अध्यादेश ल्याएको बताए ।
साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दे केशव मिश्रले २०८०÷८१ मा निक्षेप ९.९२ प्रतिशतले बृद्धि भएर २९ करोड ६ लाख ४८ हजार ६ सय ९८ रुपैयाँ पुगेको बताए । उनले सहकारीले सहकारीले कर तिरेर कुल ११ लाख ६५ हजार ३ सय ७ रुपैयाँ खुद नाफा कमाउन सफल भएको बताए ।
यस्तै कोषाध्यक्ष शनि चित्रकारले बजेट कार्यक्रम तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०÷८१ मा सहकारीले बिस करोड ७६ लाख ९१ हजार ६ सय ८० रुपैयाँ कर्जा लगानी गरेको बताए । त्यस्तै सहकारीले आर्थिक वर्ष २०८०÷८१ मा २ करोड ६२ लाख २० हजार ५ सय रुपैयाँ बचत संकलन गरेको छ ।
यस्तै सहकारीको आर्थिक वर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदन अनुसार शेयर पूँजी बृद्धि भई २ करोड ७३ लाख ३ हजार ४ सय रुपैयाँ पुगेको छ ।
साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट कारोवार गरेको आधारमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा बचततर्फ योगमाया श्रेष्ठ, ऋणतर्फ मंगली तामाङ र बावुनानीतर्फ सुहना प्याकुरेल सम्मानित भएका छन् ।
यस्तै जिल्लास्तरीय हस्तलेखन प्रतियोगितामा नेपाली विद्यातर्फ प्रथम भएकी विन्दुकेश्वर माविका सोनिया तिमिल्सना, सुभेनियर बोर्डिङ स्कुलका जस्मिन सेढाई र सेई बोर्डिङ स्कुलका श्रेयालाई नगदसहित सम्मान गरिएको थियो ।
यस्तै अंग्रेजी विधातर्फ सुभेनियर बोर्डिङ स्कुलका जस्मिन सेढाइ, विन्दुकेश्वर माविका सोनिया तिमिल्सना र नेशनल बेथल एकेडेमीका सोम्या तामाङलाई पनि नगदसहित सम्मान गरिएको छ ।
२०५३ साल पुष १५ गते जिल्ला सहकारी कार्यालय नुवाकोटमा दर्ता भएर स्थापना भई कारोवार गर्दै आएको सहकारीको हाल झन्डै २५ सयभन्दा शेयरधनी रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया