तारकेश्वर गाउँपालिकाको काभ्रेमा घर घरमा धारा
नुवाकोट । नुवाकोटको तारकश्वर गाउँपालिका वडा नम्बर ५ काभ्रेको एकसय ११ घरको धारा उद्घाटन भएको छ ।
गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले एक घर एक धारा’को उद्घाटन गरेका हुन् । लिभिङ वाटर नेपालद्वारा गाउँपालिकाको सहजीकरणमा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत माथिल्लो काभ्रेका ६८ र तल्लो काभ्रेका ४३ गरी एकसय ११ घरमा निर्माण गरिएको खानेपानी धाराको आजे उद्घाटन गरिएको हो ।
घरघरमै धारा निर्माण भएपछि काभ्रेबासीले कार्यक्रममा उत्साहित भएका हुँदै खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अधिकारीले नागरिकको सहजताका लागि सामाजिक संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले खानेपानी र धारोको मर्मतसम्भारका लागि आगामी वर्षदेखि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।
अध्यक्ष अधिकारीले आफु अध्यक्ष हुनुअघि पनि विभिन्न सामाजिक संघसंस्थासंग सहकार्य गरि सामाजिक कार्य गरेको स्मरण गर्दै आगामी दिनमा सबै सरोकारवाला निकायहरुसँग मिलेर काम गर्ने बताए ।


- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया