पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो : तिम्सिना
नुवाकोट । सचिवालय बैठकले आफूलगायत नेतालाई निलम्बन र निष्कासन गर्ने निर्णय गणतान्त्रिक पद्धतिविपरीत भएको एमालेकी निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले प्रतिक्रिया दिएकी छन् ।
पार्टीमाथि प्रश्न उठिरहेका बेला पार्टीले आफूलाई निलम्बित गरेकोमा उनको असन्तुष्टि छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालयका लागि जग्गा र भवन दान दिने र एमालेले लिने निर्णयको आलोचना गरेकामा पाण्डे र तिम्सिना निलम्बनमा परेका हुन् । यसअघि उनीहरूलाई लिखित स्पष्टीकरण सोधिएको थियो ।
पार्टी सचिवालयले निलम्बनको निर्णय लिइरहेका बेला आफू नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने गाउँपालिका कमिटीका अधिवेशन सम्पन्न गरेर फर्किइरहेको तिम्सिनाले जानकारी दिइन् । उनी नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्ज हुन् ।
पार्टी सचिवालयले लिएको निलम्बनबारे उनले भनिन्, ‘यो नगर्नुपर्थ्यो । यो त गणतन्त्र हो, हाम्रा पञ्चायतविरुद्ध लडेर आएका नेताहरू नेतृत्वमा छन् । प्रजातन्त्र आयो, गणतन्त्र आयो । यो गणतान्त्रिक पद्धति र प्राणलीलाई नसुहाउने काम भयो । पञ्चायतविरुद्ध लडेर आउनुभएका नेतृत्वले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’
पार्टीमा सक्रिय रूपमा लागिरहने पनि तिम्सिनाले बताइन् । ‘पार्टी काममा निरन्तर लागिरहन्छु । योभन्दा उन्नत डेमोक्रेटिक पार्टी प्रणाली स्थापित गर्नुछ ।’ पार्टीहरूमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न लागिरहने उनको भनाइ थियो ।
पार्टीहरू लोकतान्त्रिक नभएको र संकटग्रस्त भएकाले समाजमा पनि त्यसको प्रभाव परिरहेको उनले बताइन् । ‘राजनीतिमा जानेर वा नजानेरै लागिएको हो । ठूलो मान्छे बनौंला भनेर लागिएको होइन । राजनीतिक जीवनमा यस्ता आइलागेका यस्ता कुराहरूलाई सामान्य रूपमा नै लिइन्छ, पार्टी काममा निरन्तर लागिन्छ,’ उनले भनिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया