कोलडाँडा–खोलेबेसी सडकको स्तरोन्नतिको प्रक्रिया शुरु
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर २ को कोलडाँडा–आरुबोटे–बगुवा–खोलेबेसी सडकको कलोपत्रे र ढलानसहित स्तरोन्नति प्रक्रिया शुरु भएको छ ।
आईतवार गाउँपलिका अध्यक्ष शिव अधिकारीको नेतृत्वमा गाउँपलिकाको प्रविधिक टोलीले नापजाँच गरी कलोपत्रे प्रक्रिया अघि बढाएको हो । प्रदेश सरकारको १ करोड र गाउँपालिकाको १ करोड गरी २ करोडको लागतमा हुने स्तरोन्नतिको लागि डिपिआर भइसकेको छ भने कोलडाँडादेखि आरुबोटेसम्मको खण्ड गतवर्ष नै कालोपत्रे भइसकेको छ ।
आज सडकको विभिन्न स्थलहरुको स्थलगत अनुगमनपछि अध्यक्ष अधिकारीले तत्कालै प्रक्रिया सुरु गरेर सडक स्तरोन्नतिको काम थाल्न निर्देशन दिए ।
उनले विकास निर्माणका काममा ढिलासुस्ती गरेर बर्खा लागेपछि काम सुरु गर्ने प्रवृत्तिलाई त्याग्दै हिउँदमै काम सम्पन्न गर्नुपर्ने बताए ।
अध्यक्ष अधिकारीले सडक निर्माणमा कुनै सम्झौता नगर्ने उल्लेख गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया