अस्पताल उत्कृष्ट बनाउन दिनरात नभनि काम गर्छु : बुढाथोकी
नुवाकोट । त्रिशुली अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष उपेन्द्र बुढाथोकीलले अस्पतालको व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन आफुले दिनरात नभनि काम गर्ने बताएका छन् ।
शुक्रवार अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्षको पदभार ग्रहण गर्दे अध्यक्ष बुढाथोकीले आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रूपमा विकास गर्ने सोच रहेको बताए । उनले अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन सबै सरोकारवालाहरुसँग सहकार्य गर्ने बताए ।
जनताको चाहाना अनुसार आफ्नो क्षमताले भ्याएसम्म राम्रो काम काम गर्छु उनले भने । अध्यक्ष बुढाथोकीले आफु अस्पतालमा अध्यक्षको फोटो टाँस्न मात्र नआएको भन्दै जनताले अनुभुति गर्ने गरि केहि न केहि परिर्वतन गर्ने बताए ।
अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा अस्पताललाई देशकै नमुना अस्पतालको रुपमा विकास गर्ने बताए । उनले सामान्यदेखि जटिल रोगको उपचार समेत जिल्लामै दिन अस्पताल प्रशासन लागिपर्ने बताए ।
अस्पतालले दिने सेवासुविधामा हिजोको तुलनामा परिर्वतन पक्कै गर्नेछु । तर कसैलाई जागिर लगाइदिन सकिन भने नरिसाइदिनुहोला, बुढाथोकीले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया