भैरवी माविको ६८ औ वार्षिक उत्सव सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ अशोकबाटीकामा रहेको भैरवी माध्यामिक विद्यालयको ६८ औ वार्षिक उत्सव सम्पन्न भएको छ ।
सोमवार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै भैरवी माविको आफ्नै ईतिहास रहेको बताए । उनले नगरपालिकाले आम अभिभावक र विद्यार्थीहरुलाई आयआर्जनको माध्यामबाट आत्मभिर्नर गराउने प्रयास गरिरहेको समेत उल्लेख गरे ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाका विद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकहरुको दरबन्दी मिलान गरिएको बताए । उनले शिक्षाको गुणस्तर अभिवृद्धिको लागि कुनै पनि सम्झौता नहुने समेत बताए । प्रमुख श्रेष्ठले यसै वर्ष विद्यालयमा आइसिटि ल्याब स्थापना गर्न विदुर नगरपालिका तयार रहेको बताए ।
यस्तै लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले लिखु र भैरवी माविको पहिलेदेखिनै सम्बन्ध रहेकोले लिखु गाउँपालिकाले विद्यालयलाई सदैव सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । उनले देशभरका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेकोले सबै सरोकारवाला निकायहरुले समिक्षा गर्नुपर्ने बताए ।

त्यस्तै लिखु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नरहरि पाण्डेले लिखु गाउँपालिका वडा नम्बर १ र २ बाट अध्ययन गर्न आउने अभिभावकविहीन र विपन्न समुदायका विद्यार्थीहरुलाई गाउँपालिका र वडा कार्यालयले छात्रवृत्रि उपलब्ध गराउने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पाण्डेले विद्यालयको अवस्था दिर्घकालिन योजना र कार्यक्रमहरु पेश गर्दै विद्यालयमा तत्काल आइसिटि ल्याबको अभाव रहेको बताए । उनले विद्यालयलाई आवासिय विद्यालयको रुपमा विकास गर्न नगरपालिकामा प्रस्ताव पेश गरिसकिएको भन्दै स्थानिय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।
यस्तै विद्यालयका प्रध्यानाअध्यापक प्रेमचन्द्र श्रेष्ठले विद्यालयमा देखिएको विद्यार्थीको संख्यात्मक चुनौतीलाई सामना गर्न पठनपाठनलाई नजितामुखी बनाउनुको विकल्प नै नरहेको बताए । उनले विद्यालयलाई आवासिय रुपमा रुपान्तरण गरेर विकट भौगोलिक स्थानका विद्यार्थीहरु ल्याएर नितिगत व्यवस्था गर्नुपर्नै समेत बताए ।
विद्यालयमा पछिल्लो समय विद्यार्थीहरुको संख्या घट्दै गएको भन्दै विद्यार्थी संख्या घट्नुको कारण पहिल्याउन सरोकारवालाहरुले जोड दिएका छन् ।
वार्षिक उत्सवको अवसरमा विद्यालयमा विज्ञान प्रर्दशनी समेत गरिएको थियो । यस्तै विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरु र विभिन्न कक्षामा उत्कृष्ट नजिता हात पार्ने विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रका साथै शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो ।
यस्तै विद्यालयका विभिन्न असहाय गरिव जेहेन्दार र सिमान्तकृत समुदायका विद्यार्थीहरुलाई विद्यालयका पुर्व विद्यार्थीहरु र अन्य व्यक्तिहरुले छात्रवृति वितरण गरेका थिए ।
वि.स २०१३ सालमा स्थापना भएको विद्यालयमा अहिले ३ सय १७ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।


विद्यालयका शिक्षक र शिक्षिकाहरु ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया