त्रिशुली अस्पतालका अध्यक्ष बुढाथोकीलाई लायन्स क्लबको सम्मान
विदुर खबर
२०८१ मंसिर ३० गते २१:१७
नुवाकोट । त्रिशुली अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र बुढाथोकीलाई लायन्स क्लब अफ नुवाकोट त्रिशुलीले सम्मान गरेको छ ।
शनिवार लायन्स क्लब अफ नुवाकोट त्रिशुलीले कोलनीमा संचालन गरेको आँखा तथा दाँतको निशुल्क उपचार शिबिरको उदघाट्न कार्यक्रममा अस्पतालका अध्यक्ष बुढाथोकीलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा अस्पताललाई देशकै नमुना अस्पतालको रुपमा विकास गर्ने बताए । बुढाथोकीले सामान्यदेखि जटिल रोगको उपचार समेत जिल्लामै दिन अस्पताल प्रशासन लागिपर्ने उल्लेख गरे ।
गत बिहिबार अस्पतालको अध्यक्षको जिम्मा पाएका बुढाथोकीले आगामी शुक्रवारदेखि आफ्नो कार्यभार सम्माल्ने छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया