अनलाइनमार्फत ठगी गरेको आरोपमा नुवाकोटका तामाङ पक्राउ
विदुर खबर
२०८१ मंसिर  २४ गते १८:२१
	
		
	
नुवाकोट । अनलाइनमार्फत् ठगी गरेको आरोपमा नुवाकोटका एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर २ कि २१ वर्षीया मधु तामाङ छन् ।
उनीसहित झापाको बिर्तामोड नगरपालिका–३ घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भएका १९ वर्षीय विपिन मगराती समेत पक्राउ परेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले फेसबुक पेजहरूमा विज्ञापन गरी आइफोन सस्तोमा बेच्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
Advertisement
आइफोनका लागि एड्भान्स बापतको रकम हाल्न लगाएर उनीहरू सम्पर्कविहीन हुने गरेका थिए ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया