नुवाकोटको विदुरबाट लागूऔषधिसहित दुई जना पक्राउ
नुवाकोट । नुवाकोट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विदुर नगरपालिका-२ का २३ वर्षीय सन्दीप पाण्डे र विदुर-१२ का २६ वर्षीय राजकुमार रिमाल छन्। छहरे–टोखा–विदुर सडकखण्डअन्तर्गत लिखु गाउँपालिका-१ ढिकुरेस्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौबाट ढिकुरेतर्फ आउँदै गरेको बा प्र ०१–००५ ख ९५७४ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।
पाण्डेलाई शंकास्पद अवस्थामा गाडीको दायाँ साइडको अन्तिम सिटमा बसी रहेको अवस्थामा खानतलासी गर्दा झोलाभित्र रहेका ३ वटा प्लाष्टिकको झोलाभित्र तीन प्रकारका औषधिजन्य लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
उनको साथबाट डाइजेपाम इन्जेक्सन ८६ थान, वुप्रेनोर्फिन इन्जेक्सन ८९ थान र प्रोमेफाजिन इन्जेक्सन ८६ थान फेला परेको र पाण्डेलाई सोधपुछ गर्दा रिमालले काठमाडौंबाट विदुरसम्म ल्याउन लगाएको बताएपछि रिमाललाई समेत प्रहरीले पक्राउ गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया